सविना श्रेष्ठ ‘कोभिड–१९’ भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घोषित

सविना श्रेष्ठ ‘कोभिड–१९’ भ्याक्सिन बनाउने जोन्सन कम्पनीको उत्कृष्ट कर्मचारी घोषित

नेदरल्याण्ड। नेपाली चेली सविना श्रेष्ठ कोभिड–१९ विरूद्ध जोन्सन भ्याक्सिनले उत्पादन गरेको कम्पनीको उत्कृष्ट कर्मचारी घोषित भएकी छिन्।

कोरोना भाइरसविरूद्धको भ्याक्सिन उत्पादन कम्पनीमा जोन्सन एण्ड जोन्सन उत्कृष्ट मानिन्छ। यो कम्पनीबाट उत्पादित भ्याक्सिनमा विश्व चर्चित व्यक्तित्व बिल गेट्सको लगानी छ।

पोखराबाट अध्ययन गरेर नेदरल्याण्ड पुगेकी सविनाले इन्जिनियरिङको पढाई पुरा गरिसकेकी छिन्। उनलाई यसै साता जोन्सनले ‘हिरो मेडल’ बाट सम्मानित गरेको थियो। २६ वर्षकी सविनाकी बहिनी सरु श्रेष्ठको हालै अन्तरिक्षमा यान तथा सेटलाइट पठाउने टोलीमा नाम सार्वजनिक भएको थियो।

जेठी छोरीले पाएको सफलताले आफूलाई हर्सित बनाएको पिता हेमकुमार श्रेष्ठले प्रवास खबरलाई जानकारी दिए।

‘म दुवै छोरीको सफलताले गदगद छु। पहिले कान्छी छोरीबाट सुखद समाचार सुने। अहिले जेठी छोरीलाई जोन्सन कम्पनीले उत्कृष्ट कर्मचारीको हिरो मेडल दिएको खबरले पुलकित बनाएको छ,’ उनले भने, ‘यो हामी सबै नेपालीका लागि सुखद समाचार हो।’

यो पनि पढ्नुहोस्

गर्वान्वित पिता १ जो छोरी अन्तरिक्ष पुगेको हेर्न चाहन्छन्