क्यानाडाले विशेष विमानमार्फत नेपाललाई स्वास्थ्य सामग्री पठायो

क्यानाडाले विशेष विमानमार्फत नेपाललाई स्वास्थ्य सामग्री पठायो

टोरोन्टो । कोरोना माहामारीविरुद्ध लड्न क्यानाडाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । क्यानडा सरकारले भेन्टिलेटर, पीपीइलगायत स्वास्थ्य सामग्रीसहित एक विशेष विमान नेपालको लागि पठाएको हो।

क्यानेडाली सरकारसँग एनआरएनए एनसीसी क्यानडा तथा अन्य स‌संघसंस्थाले नेपाली जनताको जीवनरक्षाको लागि सहयोग माग्दै अपिल गरेपछि उसले सहयोग गरेको हाे।

 

क्यानाडा सरकारप्रति एनआरएनए आभार व्यक्त गरेको छ । ‘क्यानडा सरकार, ब्राम्प्टन साउथकी सांसद सोनिय सिन्धु एवम् सम्पूर्ण सांसदहरुप्रति हार्दिक धन्यवाद,’ एनआरएनए क्यानाडाले भनेको छ।