कतारमा घाममा काम लगाउने थप ४४ कम्पनीलाई कारवाही

कतारमा घाममा काम लगाउने थप ४४ कम्पनीलाई कारवाही फाइल फोटो

दोहा । कतार सरकारले श्रमिकलाई दिउँसोको चर्को घाममा लगाउने थप ४४ वटा कम्पनीलाई कारवाही गरेको छ । श्रमिकको स्वास्थ्य सुरक्षालाई ध्यान नदिइ घाममा काम लगाएपछि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले यी कम्पनीलाई कारवाही गरेको हो।

कतार सरकारले गर्मी महिनामा खुला ठाउँमा बिहान १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म काम गर्न प्रतिबन्ध लगाएको छ । मन्त्रालयले यो नियम १ जुनदेखि १५ सेप्टेम्बरसम्म लागू गरेको थियो । तर, सरकारको निर्देशनलाई नै अवज्ञा गर्दै काममा लगाएपछि यी कम्पनी कारवाहीमा परेका हुन्।

गत ४ जुनदेखि ९ तारिखसम्म गरिएको निरीक्षणमा भवन मर्मत, बगैचा तथा सजवाटको क्षेत्रमा कामदार आपूर्ती गर्ने ४४ वटा कम्पनीले निर्देशन उल्लघंन गरेको पाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ती कम्पनीलाई कानूनी कारवाही गर्ने जनाएको छ।

यसअघि मन्त्रालयले १ जुन देखि ३ तारिखसम्म गरेको निरीक्षणमा दिउँसो घाममा लगाउने ५४ वटा कम्पनीलाई कारबाही गरेको थियो । योसँगै हालसम्म निर्देशन उल्लघंन गरेको आरोपमा कारवाही भोग्ने कम्पनीको संख्या ९८ पुगेको छ ।

कतार तात्यो श्रमिकको हितमा, ३२ डिग्रीमाथिको तापक्रममा खुला ठाउँमा काम लगाउन नपाउने

कतार : श्रमिकलाई दिउँसोको चर्काे घाममा लगाउने ५४ कम्पनी कारवाहीमा परे