एनआरएनए अमेरिकाको नेतृत्वमा बुद्धिसागर सुवेदी विजयी

एनआरएनए अमेरिकाको नेतृत्वमा बुद्धिसागर सुवेदी विजयी

काठमाडौं । गैरआवासी नेपाली संघ (एनआरएनए) अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी विजयी भएका छन् ।

उनले ५ हजार ६१८ मत प्राप्त गरेर विजयी हासिल गरेका हुन् ।

उनका निकटम प्रतिस्पर्धी कृष्ण लामिछानेले ५ हजार २ सय मात प्राप्त गरेका छन् । सुवेदीले लामिछानेलाई ४१८ मतले उछिन्दै अध्यक्षमा विजयी भएका हुन् ।

त्यस्तै अध्यक्षका अर्का प्रत्यासी डा. अर्जुन बन्जाडेले ४ हजा् १४८ भोट पाएका छन् । अध्यक्षकै प्रत्यासी तिलक बहादुर केसीले भने ५६७ मत मात्रै पाए।

शनिबार र आइतबार भएको मतदानमा ७८ दशमलव ३२ प्रतिशत मतदान खसेको थियो। मतदानका लागि कुल २०१३८ मतदाता रहकोमा १५७६८ ले मतदान गरेका थिए । सुवेदीले कुल मतको ३६.१७ प्रतिशत भोट ल्याएका छन् ।