भारतीय श्रमिकलाई विशेष दर्जा दिएको भन्दै वैदेशिक रोजगार व्यवसायी असन्तुष्ट

भारतीय श्रमिकलाई विशेष दर्जा दिएको भन्दै वैदेशिक रोजगार व्यवसायी असन्तुष्ट

काठमाडौं।भारतीय श्रमिकलाई नेपालको भूभाग हुँदै वैदेशिक रोजगारीमा पठाउने नेपाल सरकारको निर्णयप्रति वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले आपत्ति जनाएका छन्।

उनले मंगलबार सोसल मिडिया फेसबुकमा नेपाल सरकारको निर्णयप्रति असन्तुष्ट व्यक्त गर्दै भनेका छन्, ‘नेपाल सरकारले कोरोना महामारीका कारण वैदेशिक रोजगारीका गन्तब्यमा अन्तर्राष्ट्रिय उडान ३१ मेसम्म बन्द गरेको छ। यसकारण वैदेशिक रोजगारीका लागि उड्न लागेका हजारौं नेपाली श्रमिक साउदी अरेबिया जान पाएनन्। तर, सरकारले भारतीय दूतावासको दबाबमा भारतीय श्रमिकलाई विशेष दर्जा दिँदै नेपालको विमानस्थल प्रयोग गरेर सातामा १० वटा उडान पठाएको छ। सरकारको अनुचित निर्णयको म घोर निन्दा गर्छु।’

नागरिक तथा उड्डयन प्राधिकरणले नेपाललाई ट्रान्जिट बनाएर साउदी जान काठमाडौं आएका १५ सय भारतीय श्रमिकलाई चार्टर उडानका लागि मंगलबार अनुमति दिएको थियो।

यो पनि पढ्नुहोस्

नेपाली कामदारको होटलमा बास, भारतीय नागरिक धमाधम साउदी उड्दै

भारत–साउदीको कुटनैतिक पहलपछि १५ सय भारतीय श्रमिकलाई उडान अनुमति



No ads found for this position