‘मिस नेपाल नर्थ अमेरिका २०२१’को आवेदन खुला, प्रशिक्षकमा श्रृङ्खला

‘मिस नेपाल नर्थ अमेरिका २०२१’को आवेदन खुला, प्रशिक्षकमा श्रृङ्खला

काठमाडौं । न्यूयोर्कमा हुने भनिएको प्रतियोगीता ‘मिस नेपाल नर्थ अमेरिका २०२१’ आगामी शनिबार आयोजना हुने भएको छ । प्रतीयोगीताका लागि आवेदनसमेत खोलिसकेको छ । प्रतियोगीतामा भाग लिन इच्छुक व्यक्तिले आवेदन भर्न सक्नेछन् । आवेदनका लागि दर्ता गर्ने अन्तिम मिति १५ जुन २०२१ सम्म तोकिएको छ ।

‘भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तीकरण गरिदैँ’ भन्ने मूल नाराकासाथ संचालन हुन गइरहेको यस प्रतियोगीतामा पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा प्रशिक्षकको रुपमा सहभागी हुने भएकी छिन् । विजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छ भने नेपाल टुरिजम बोर्डले २०२१÷२०२२ को लागि सद्भावना दूतमा मनोनित गर्नेछ । अन्य थप जानकारी चरणबद्ध रुपमा अध्यावधिक गरिने आयोजकले बताएका छन् ।

सन २०१९ मा सम्पन्न दोश्रो ‘मिस नेपाल नर्थ अमेरिका’ मा न्यूयोर्ककी श्रेया गजुरेल विजयी घोषित भएकी थिइन् । गत साल २०२० मा नै हुने भनिएको तेस्रो ‘मिस नेपाल नर्थ अमेरिका’ प्रतियोगीता भने कोरोना महामारीको कारण स्थगित गरिएको थियो ।