विजय ज्ञवालीले दिए एनआरएनए अमेरिकाको ‘बाेर्ड अफ डाइरेक्टर’ पदमा उम्मेदवारी

विजय ज्ञवालीले दिए एनआरएनए अमेरिकाको ‘बाेर्ड अफ डाइरेक्टर’ पदमा उम्मेदवारी

अमेरिका । अमेरिकाको नेपाली समुदायमाझ परिचित विजय ज्ञवालीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको सन् २०२१–२०२३ कार्यकालको लागि ‘वोर्ड अफ डाइरेक्टर’ पदमा उम्मेदवारी दिएका छन् ।

सन् २०१७ मा अमेरिका आइपुगेका विजयले न्यूयोर्कलाई कार्यथलो बनाएर यहाँका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भई योगदान दिएका छन् । उनी हाल एनआरएन युथ कोअर्डिनेसन कमिटीका सदस्य छन् । उनले व्यवस्थापन विषयमा स्नातक तह र टुरिजममा स्नातकोत्तर गरेका छन् । विदेशमा हासिल गरेको सीप, क्षमता, दक्षता र पूँजीलाई नेपालको चौतर्फी विकासका लागि सामुहिक लगानीको अवधारणा कार्यान्वयन गर्नुपर्ने उनको भनाइ रहेको छ ।

एनआरएनलाई अझ व्यापक र प्रवासमा रहेका सबैको मन-मुटुमा बसाउनको लागि युवाहरुको प्रतिनिधित्व अनिवार्य रहनु पर्छ भन्नेमा उनी स्पष्ट छन् ।

गैर आवासीय नेपाली संघप्रति युवाहरुको आकर्षण बढाइ विभिन्न रचनात्मक काम गर्ने, प्रत्येक नेपाली संस्थाको सदस्य बन्नेतर्फ पहलकदमी गर्नेलाई आफ्नो एजेन्डा बनाएका ज्ञवाली समाजसेवाप्रतिको सानैदेखिको हुटहुटी, धेरै शुभचिन्तकहरुको उत्प्रेरणा र संस्थामा युवाहरुको सकारात्मक हस्तक्षेपका लागि आफ्नो उमेदवारीले संस्थाले परिकल्पना गरेको लक्ष्य प्राप्तिका लागि सानै भए पनि तरंग ल्याउनेमा आशावादी देखिन्छन् । एनआरएनएलाई राजनीतिक हस्तक्षेप मुक्त गराई रहरलाग्दो संस्था बनाउनका लागि सधै लागिरहने प्रण पनि गरेको हुनाले अरू उम्मेदद्धवार भन्दा फरक रहेको बताउँछन् ।

हाल भइरहेको चुनावी तडक-भडकप्रति विल्कुल फरक मत राख्ने ज्ञवाली प्रवासको चुनाव यति खर्चिलो हुनुहुन्न भन्ने अडान र मान्यता रहेको बताउँछन् । गैर आवासीय नेपाली संघले आफ्नो उद्येश्य अनुरुप काम गर्न नसक्नु, युवा, विद्यार्थी विभिन्न पेशामा आवद्ध विज्ञहरुलगायत सामान्य श्रम गर्ने श्रमिकहरु एनआरएनप्रति आकर्षित नहुनु , एनआरएन हुने खाने र त्यसैको आडमा राजनीति गर्नेहरुको संस्था भन्ने भान हुनु नेपालीकाे बुझाइ रहेकाे र यही विषयले आफूलाई दु:खी बनाएकाे उनी बताउँछन् ।

झण्डै साढ़े तीन लाख जनसंख्यामा २० हजारको हाराहारीमा मात्र सदस्यता लिनु र ती पनि कसैको खल्तीका भोट बन्नु बिडम्वनापूर्ण रहेको र यी सबै खाले विकृतिको अन्त्य गरी एनआरएनएलाई शुद्धिकरण गर्नुपर्छ भन्ने उनको भनाइ छ ।