नेपालमाथि बेलायतको पनि प्रतिबन्ध

नेपालमाथि बेलायतको पनि प्रतिबन्ध

लण्डन । नेपालमा नयाँ ‘भेरियण्ट’ सहित कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बेलायतको सूचीमा नेपाल ‘रेड जोन’ सूचीमा समावेश भएको छ ।बेलायतले शुक्रबार नेपालसहित टर्की र माल्दिभ्सलाई रेड लिष्टमा समावेश गरेको हो ।
बेलायती यातायात मन्त्री म्याट ह्यानककले शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै थप तीन देशलाई रेड लिस्टमा राखिएको घोषणा गरेका हुन् ।

अब नेपाली बेलायत जान पाउने छैनन् । कोरोना संक्रमणको उच्च दर रहेका र नयाँ भेरियेन्ट देखिएका मुलुकहरुबाट भित्रिने यात्रुलाई विशेष निगरानीमा राख्ने प्रयासमा ल्याइएको ‘रेड लिष्ट’ मा नेपालसहित करिब ४५ वटा देश समावेश छन् ।
सरकारले अन्तराष्ट्रिय यात्राको लागि ट्राफिक लाइट प्रणालीका अनुसार देशहरूलाई ग्रिन, इम्बर र रेड लिस्टमा वर्गीकृत गरेको छ।

यसअघि भारत, कतार र टकीलाई बेलायतले उच्च जोखिम मुलकको सूचीमा राखेको थियो । जसले गर्दा नेपालसँगको हवाइ सम्पर्क पनि लगभग विच्छेद विन्दुमा पुगेको थियो ।

यसअघि जापान र मलेसियामा पनि नेपालीहरूलाई उच्च निगरानीमा राखिएको छ।

यो पनि पढ्नुहोस्

मलेसियाको ‘रेड जोन’मा नेपाल, कुनैपनि बेला नेपालीलाई प्रवेश निषेध

जापानमा पनि नेपाली उच्च निगरानीमा, प्रवेशमा कडाइ



No ads found for this position