सरकारले नसकेपछि रेहनले कम्मर कसे

सरकारले नसकेपछि रेहनले कम्मर कसे नयाँदिल्लीस्थित कोरोना परीक्षण केन्द्रमा आफ्ना सहकर्मी घण्टौँसम्म काम गर्नुपर्दा बेहोस भएपछि उद्धार गर्दे स्वास्थ्यकर्मी

भारत । रेहन राजा,३५ । नेशनल हेल्थ मिसनको मनिटरिङ तथा इभ्यालुएसन अधिकृतको रुपमा भारतको हरियाणास्थित मेवात जिल्लामा कार्यरत छन् । उनको काम हो, केन्द्रिय स्वास्थ्य कार्यक्रम र त्यसका स्कीमका लागि जिल्लाका सुचना र तथ्याकं संकलन गर्नु । यस वर्ष उनले पृथक खालको अभिलेख संकलन गरे–त्यो भारतमा मिसन अन्र्तगत रहेका स्वास्थ्य कर्मचारीहरु जो कोभिड–१९ को कारले मरे,तिनीहरुको विवरण ।

रेहन मिसनको अखिल भारत युनियनका अध्यक्ष हुन र उनले यसरी तथ्याकं संकलन गर्ने क्रममा देशभरबाट युनियनका सदस्यहरुबाट लिदैं आएका छन् । ‘जब हाम्रो कुनै सहकर्मी साथीहरुमध्य कुनै एउटा संक्रमित हुन्छन मलाई तुरुन्तै खबर गरिन्छ,’उनले भने, ‘हामीले उनले उचित स्वास्थ्य उपचार पाएनपाएको हेर्छौ । यदि कसैको मुत्यु भइहालेमा त्यसको टिपोट गरिहाल्छौं ।’

उनको रेकर्ड अनुसार नेशनल हेल्थ मिसन अन्र्तगतका कम्तीमा ६० जना स्वास्थ्यसँग सम्बन्धित कर्मचारीहरु कोभिड–१९ को कारणले क्रिसमससम्ममा संसार छाडिसकेका छन ।

राजाको भनाइ अनुसार सरकारले मृतकको तथ्याकं यसरी खुलाएर नराखकोले आफूले यसो गर्नुपरेको बताउँछन । २०२० को अन्त्य कोरोना महामारीले डाक्टर,नर्स,वार्डब्याय,एम्बुलेन्स चालक सामुदायिक स्वास्थ्य कार्यकर्तालगायत लाखौँले ज्यान गुमाउनु पर्यो । जस अन्र्तगत कोभिड–१९ बाट स्वास्थ्य कार्यकर्ता कति संक्रमित भए या मरे भन्ने तथ्याङक सरकारले प्रकाशमा ल्याएको छैन ।

अश्विनी कुमार चौबे प्रदेश स्वास्थ्य मन्त्रीले यो सन्दर्भमा राज्यसभामा गरिएको एउटा प्रश्नमा स्वास्थ्य एउटा गम्भिर विषय भएता पनि स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले केन्द्रिय तहमा यस्तो तथ्याङक अभिलेख नराखेको बताए । सरकारले महामारी सम्न्धीत तथ्याङकबाट हात झिकिसकेको छ । देशब्यापी लकडाउनको बेलामा प्रवासी कामदारहरु कतिले रोजगार गुमाए र आफ्नो स्वदेश फर्कदा को–को मुत्यु भयो भन्ने तथ्याङक पनि छैन । श्रम तथा रोजगार मन्त्रालयका अनुसार उसँग प्रदेशगत रुपमा प्रवासी कामदारहरुको त्यसरी तथ्याङक संकलन हुन सकेन ।

श्रोत :द क्याराभान