बेचियो माइकल ज्‍याक्सनको बाल्‍यकाल बितेको घर

बेचियो माइकल ज्‍याक्सनको बाल्‍यकाल बितेको घर

क्यालिफोर्निया । माइकल ज्‍याक्सनको बाल्‍यकाल बितेको नेभरल्‍याण्डमा रहेको एक फार्म एक अर्बपतिलाई बेचिएको छ । उक्त फार्म ज्याक्सनका पूर्व मित्र रोन बुर्कले किनेका उनका प्रवक्ताले बताएका छन् ।

उनले ज्‍याक्सनको त्‍यो घरलाई २ करोड २ लाख डलरमा किनेको द वाल स्ट्रीट जर्नलले उल्लेख गरेको छ । करिब २ हजार ७ सय एकड क्षेत्रफलमा फैलिएको उक्त फार्मको कम्पाउण्ड भने सन् २०१५ मै १० करोड डलरमा सूचिकृत गरिएको छ ।