अस्थायी रुपमा अमेरिका बस्ने नेपालीलार्ई थप नौ महिना बस्ने अनुमति

अस्थायी रुपमा अमेरिका बस्ने नेपालीलार्ई थप नौ महिना बस्ने अनुमति

अमेरिका । अमेरिकामा अस्थायी रुपमा बसोबास गर्दै आएका नेपालीले थप नौ महिना बसोबास गर्ने अनुमति पाएका छन् ।

टेम्पोररी प्रोटेक्टेक स्ट्याटस (टीपीएस) कार्यक्रम अन्तर्गत आप्रवासप्रति अनुदार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको आखिरी समयमा यस्तो निर्णय लिइएको हो ।

अहिले यो कार्यक्रमलाई निरन्तरता दिने वा खारेज गर्ने भन्ने बारेमा त्यहाँको संघिय अदालतमा मुद्दा विचाराधिन छ । यो कार्यक्रमअन्तर्गत युद्ध वा प्राकृतिक विपत्तिको कारण संकटमा परेका मुलुकका नागरिकलाई त्यहाँ बस्न अनुमति मिल्ने गरेको छ ।

टीपीएस कार्यक्रम अन्तर्गत अहिले अमेरिकामा १५ हजार नेपाली बसोबास गर्दै आएका छन् ।