विदेश जाँदा सुर्तिजन्य पदार्थ लैजान नपाईने

काठमाडौँ । विदेश जाने यात्रुले सुर्तिजन्य पदार्थहरु साथमा लैजान नपाउँने भएका छन्।
बैदेशिक रोजगार विभाग र महानगरिय प्रहरी कार्यलय रानीपोखरीको पत्र अनुसार चुरोट, खैनी, सुर्ती, पराग लगायतका सुर्तिजन्य पदार्थहरु नलैजान विमानस्थल सुरक्षा कार्यलयले जनाएको छ।
कार्यलय सुचना जारी गर्दै यात्रुले मासुजन्य खाद्य पदार्थहरु र विभिन्न प्रजातिका बोटविरुवाहरु पनि साथमा नबोक्न आग्रह गरेको छ।
यदि क्वारेण्टाईन कार्यालयबाट अनुमति लिएका खण्डमा लैजान सकिने सुचनामा उल्लेख छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण

प्रवास खबर