नयाँ प्रकारको कोरोना भाइरस फ्रान्समा पनि

नयाँ प्रकारको कोरोना भाइरस फ्रान्समा पनि

काठमाडाैं । रुपान्तरित नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि पुष्टि भएको छ । बेलायतमा देखिएको नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फ्रान्समा पहिलो पटक देखिएको हो ।

डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्सेली पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी टोर्स शहरका बासिन्दा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमित व्यक्तिमा कुनै पनि लक्षण नदेखिएको र अहिले उनी सेल्फ आइसोलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बेलायतमा रुपान्तरित कोरोना भाइरसको संक्रमण देखिएपछि विभिन्न देशले यात्रा प्रतिबन्ध लगाएका थिए । फ्रान्सले पनि सीमा बन्द गरेको थियो, तर गएको बुधबारदेखि पुनः खुला गरिएको हो ।

कोरोना भाइरसको रुपान्तरित स्वरुपको संक्रमण पहिलोपटक गएको सेप्टेम्बरमा बेलायतमा भएको थियो । पछिल्ला दिनहरुमा संक्रमण तीव्र भएको जनाइएकाे छ । यूराेपका धेरै मुलुकहरुले अहिले पुन: प्रतिबन्ध लागाइरहेका छन् ।