अञ्जान शाक्यलाई राष्ट्रियसभाको सदस्यमा नियुक्त गर्न सिफारिस

अञ्जान शाक्यलाई राष्ट्रियसभाको सदस्यमा नियुक्त गर्न सिफारिस

काठमाडौं। राष्ट्रियसभाको सदस्यमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ।

मन्त्रिपरिषद्काे शुक्रबार बसेको बैठकले शाक्यलाई राष्ट्रियसभाको रिक्त पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

विमला राई पौड्यालको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो। राष्ट्रियसभाको सोही स्थानमा शाक्य नेकपा एमाले कोटामा सिफारिस भएकी हुन्।

एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत थिइन्।