काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषित सहर

काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषित सहर

काठमाडौँ। काठमाडौँ विश्वकै सबैभन्दा बढी वायु प्रदूषण भएको सहर बनेको छ।

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको सहर रहेको छ। अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ।

त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ। नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ।

अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ।

त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ।

१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ।

अहिले काठमाडौँको वायु प्रदुषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ।

मौसम विभागले काठमाडौँमा अझै केही दिन वायु प्रदुषणको यो अवस्था रहने र यो केहि दिन पूर्णरुपमा हट्ने सम्भाना नरहेको बताएको छ।