माओवादी पृष्ठभूमिका मिलन रास्वपाबाट चुनाव लड्दै

माओवादी पृष्ठभूमिका मिलन रास्वपाबाट चुनाव लड्दै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ।

बिहीबार सबै ६ प्रारम्भिक उम्मेदवारसँग छलफल गरेपछि बाँकी पाँच जनाले आफ्नो उम्मेदवार फिर्ता लिएपछि लिम्बु उम्मेदार बनेको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिएका छन्।

इलाम- २ का लागि रास्वपाको प्रारम्भिक उम्मेदवारमा गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. शेष नारायण न्यौपाने रहेका थिए।

लिम्बू माओवादी केन्द्रनिकट पत्रकार संगठन प्रेस संगठनका सदस्य हुन्।