नेपाल बहराइनसँग ३–० गोल अन्तरले पराजित

नेपाल बहराइनसँग ३–० गोल अन्तरले पराजित

काठमाडौं। फिफा विश्वकप तथा एएफसी एशियन कपको संयुक्त छनोटमा नेपाल बहराइनसँग फेरि पराजित भएको छ।

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अयोग्य भएपछि नेपालले दुवै खेल ‘होम’ एन्ड ‘अवे’ बहराइनमै खेलेको थियो।

पहिलो खेलमा ५–० को पराजय भोगेको नेपालले बुधबार बिहान सकिएको दोस्रो खेलमा ३–० गोल अन्तरले पराजित भएको छ।

बहराइनको जितमा साएद बकेर, अब्दुल्ला युसुफ हेलाल र कामील अल अस्वादले एक एक गोल गरेका थिए।

बहराइनले पहिलो हाफमै गरेको ३ गोल नै निर्णायक बन्यो।

खेलको सातौँ मिनेटमा सैयद बाकरले गोल गरेपछि बहराइनले खेलमा १–० को अग्रता बनायो।

१८औँ मिनेटमा बहराइनका लागि अब्दुल्ला युसुफले पेनाल्टीमार्फत गोल गर्दै खेलमा २–० को अग्रता दिलाए।

३६औँ मिनेटमा कामिल अलले गोल गर्दै बहराइनलाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाएका थिए।

७३औँ मिनेटमा नेपालले गोल गरे पनि उक्त गोलले मान्यता पाएन। सनिश श्रेष्ठको क्रसमा सन्जिव विष्टले डी बक्बाट वान टच गोल गरेका थिए।

तर सहयाक रेफ्रीले अफसाइडको झण्डा उठाएपछि मान्यता पाएन।

बहराइनले दुवै खेलमा नेपालमाथि जित हासिल गर्दै समुह एचमा ४ खेलमा ९ अंक हासिल गरेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेपाल भने चार खेलमा सबै खेलमा हार बेहोरेर अंकविहिन हुदै पुछारमा रहेको छ।

यस समूहमा युएई ४ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा छ भने यमनले ४ खेलमा एक खेल जितेर ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।

अब नेपालले विश्वकप छनौट अन्तर्गत आगामी जुनमा यमन र युएईसँग खेल्ने तालिका रहेको छ।