इमान्दार ‘सुरक्षा गार्ड’ दावा शेर्पालाई मलेसियामा सम्मानै सम्मान

इमान्दार ‘सुरक्षा गार्ड’ दावा शेर्पालाई मलेसियामा सम्मानै सम्मान

क्वालालम्पुर। मलेसियास्थित नेपाली दूतावासले यहाँ कार्यरत एक नेपाली सुरक्षा गार्डलाई सम्मान गरेको छ।

‘ए फाइभ सेक्युरिटी सर्भिस’मा सुरक्षा गार्डका रुपमा कार्यरत दावा शेर्पालाई राजदूत डिल्ली पौडेलले सम्मान गरेका हुन्।

शेर्पाले केहीदिन अघि डिउटीमा खटिएका बेला मलेसियन ५ लाख ८७ हजार ५१६ रिंगेट रहेको सुटकेस भेटाएका थिए।

दमनसरास्थित एक सपिङ सेन्टरको पार्किङ एरियामा फेला पारेको उक्त सुटकेस शेर्पाले आफू कार्यरत कम्पनीमार्फत प्रहरीलाई बुझाएका थिए।

इमान्दारीता र निष्ठापूर्वक कार्यसम्पादन गरेका शेर्पालाई स्थानीय सुरक्षा निकाय र कम्पनीले पनि सम्मान गरेको थियो।

शेर्पाले आफ्नो पेशागत निष्ठा तथा व्यवसायिकता प्रमाणित गरेर नेपाल र नेपालीको शिर उच्च बनाएको जनाउँदै नेपाली दूतावासले सम्मान गरेको राजदूत पौडेलले बताए।