ख्याती प्राप्त कलाकारको साथमा ओमनमा नयाँ वर्ष मनाइँदै

ख्याती प्राप्त कलाकारको साथमा ओमनमा नयाँ वर्ष मनाइँदै

मस्कट। आउँदो नेपाली नयाँ वर्षको अवसरमा ओमनमा विशेष कार्यक्रमको आयोजना गरिएको छ।

नयाँ वर्ष २०८१ लाई स्वागत गर्न गैरआवासीय नेपाली सोसल क्लब ओमनले ‘नेपाली नयाँ वर्ष उत्सव’ कार्यक्रम आयोजना गरेको हो।

१२ अप्रिल शुक्रबारका दिन मस्कटको मबेलास्थित अल मक्रिम हलमा कार्यक्रम हुँदैछ।

कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारको प्रस्तुती रहनेछ।

चर्चित हास्य कलाकार मनोज गजुरेल, गायक प्रकाश सपुत, गायिका सुनिता दुलाल र नृत्यङ्गना अस्मिता राना मगरलाई ओमन उतार्ने तयारी क्लबको तयारी छ।

कार्यक्रममा ५ ओमनी रियल प्रवेश शुल्क तोकिएको छ।

क्लबका महासचिव सुसन श्रेष्ठले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउँदै ओमनमा रहेका नेपालीलाई सहभागिताका लागि अनुरोध गरेका छन्।

कार्यक्रमबाट बचत भएको रकम क्लवको राहत तथा उद्धार कोषमा राखिने उनको भनाइ छ।

सोसल क्लब ओमनमा दर्ता भएको एक मात्र नेपाली संस्था हो। ओमन सरकारले यही क्लबलाई आधिकारिकता दिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पनि सोसल क्लबकै नामबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेको छ।