कुवेतमा तीन नेपाली युवाको मृत्यु

कुवेतमा तीन नेपाली युवाको मृत्यु

काठमाडौं। कुवेतमा तीन नेपाली युवाको मृत्यु भएको छ।

रोजगारीका लागि त्यहाँ पुगेका उनीहरूको १२ मार्चमा सडक दुर्घटनामा परेर ज्यान गएको हो।

सानो भर्याङ्ग काठमाडौंका सुजन कार्की , आछामका सुरत बहादुर कडायत र धनुषाका धिरज गुर्मछान मगरले ज्यान गुमाएका हुन्।

साथी सुरतको कोठाबाट कम्पनीको कामको लागि हिंड्ने क्रममा बाटो क्रसिङ गर्दा स्थानीय नागरिकको गाडीले ठक्कर दिंदा उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटना महाबुल्ला एरियाको सिसाईड रोडमा भएको थियो।

मृतकहरु कुवेतको पापाजोन कम्पनीमा काम गर्दै आएका थिए।

ठक्कर दिने गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिनुको साथै मृतकहरुको शवलाई पोष्टमार्टमकोलागि फरवानिया हस्पिटल राखिएको छ।