गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रित ‘ओउ ओउ ताकेया’ सार्वजनिक

गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रित ‘ओउ ओउ ताकेया’ सार्वजनिक

काठमाडौं। लोकदोहोरी गायक सुदिप पन्तको जापानी र नेपाली भाषा मिश्रीत गीत ‘ओउ ओउ ताकेया’ सार्वजनिक भएको छ।

लामो समय देखि जापान बस्दै आएका गायक पन्तको स्वरमा सजिएको गीतको शब्द पनि उनै पन्तले लेखेका हुन्। गीतको म्युजिक एरेन्ज रमेश कडरियाले गरेका छन्।

गीतको म्युजिक भिडियो पनि निर्माण गरिएको छ। जसमा कलाकार रचना पन्त र केशव भट्टराईले सुन्दर अभिनय गरेका छन्।

म्युजिक भिडियो गायकको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

ताकेया भनेको जापनिज केटीको नाम भएको भन्दै गायक पन्तले लामो समयपछि फेरि संगीतको दुनियाँमा फर्कन पाएकोमा खुशी ब्यक्त गरे। यसअघि उनको ‘बन्दिपुर पाखैमा बिर्सु भन्छ त्यो तिम्रो तस्बिर झलझली आखैमा’ बोलको गित सार्वजनिक भइसकेको छ।