राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुदैँ

राष्ट्रियसभा अध्यक्षका लागि आज मतदान हुदैँ File Photo

काठमाडौं। राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुदैँछ।

संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिचमा प्रतिस्पर्धा हुदैछ।

संसद सचिवालयका अनुसार बिहान ११ः०० बजे निर्वाचन प्रकिया सुरू हुनेछ।

संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीवाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।

दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र  मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्षबाट

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माको प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना र समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्।