‘आईजीपी साव! आफ्नो अधिकार अरूलाई नबुझाउनुस्, मबाट कुनै हस्तक्षेप हुँदैन’

‘आईजीपी साव! आफ्नो अधिकार अरूलाई नबुझाउनुस्, मबाट कुनै हस्तक्षेप हुँदैन’

काठमाडौं। गृहमन्त्री रवि लामिछानेले अन्य गृहमन्त्रीजस्तो आफू पैसा कमाउन नआएको भन्दै नेपाल प्रहरीको सरुवा बढुवामा हुने चलखेल बन्द गर्ने दाबी गरेका छन्।

दोस्रो पटक गृहमन्त्री भएपछि आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि निर्देशन सम्बोधनका क्रममा मन्त्री लामिछानेले यस्ताे बताएका हुन्।

आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुनबिना नै मधेस प्रदेशको प्रमुख बनाएको दाबी गर्दै गृहमन्त्री लामिछानेले भने, ‘सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्छु।’

उनले प्रहरी अधिकृतहरू निजी फाइदाका लागि आफूकहाँ आएमा ढोका बन्द गरिने बताए। ‘मेरोमा सोर्स-फोर्स लाउन आउनेका लागि ढोका बन्द हुन्छ। यो कुराविचार गरी राख्नुस्’ गृहमन्त्री लामिछानेले भने।

आफू पैसा खानका लागि मन्त्री नभएको उल्लेख गर्दै उनले भनेका छन्, ‘आईजीपी साव’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, मबाट कुनै हस्तक्षेप हुँदैन।’

सरकारको आयुसँग आफूलाई मतलब नभएको लामिछानेले बताएका छन्। ‘जति दिन टिक्छु, केही गर्ने इच्छा छ’, निर्देशन सम्बोधनमा उनले भने, ‘मेरो अघिल्लो कार्यकालको योजनाअनुसार काम गर्छु।’