भिजिट भिसालाई सहज बनाइँदै

भिजिट भिसालाई सहज बनाइँदै फाइल फोटो

काठमाडौं। सरकारले भिजिट तथा पर्यटकीय भिसामा विदेश जाने नेपालीहरुकाे लागि कानुनी प्रावधान खुकुलाे बनाएको छ।

यसअघिको कार्यविधि खारेज गर्दै नयाँ कार्यविधि जारी गरेर भिजिट भिसा खुकुलाे बनाएको हाे।

२०७८ फागुन २५ मा जारी भएको निर्णय खारेज गरेर गृह मन्त्रालयले नयाँ ६ बुँदे कार्यविधि जारी गरेकाे अध्यागमन विभाग जनाएकाे छ।

भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्न विभागले सुझाव दिएकाे छ।

यस्ताे छ सरकारले जारी गरेकाे यात्रा परामर्श

यात्रा परामर्श (Travel Advice) सम्बन्धी सूचना !

रहेका आफ्ना आफन्तलाई भेट्ने वा पर्यटकको रुपमा विदेश घुम्ने उद्देश्य लिई नेपालबाट विदेश प्रस्थान गर्नुहुने नेपाली नागरिकहरुले निम्नानुसार गर्नुहुन अनुरोध छ।

१. भिजिट भिसा (Visit Visa) सो मुलुकमा रहेका यात्रुका आफन्तलाई भेटन जाने प्रयोजनका लागि सम्बन्धित मुलुकले दिएको प्रवेश अनुमति मात्र हो भने पर्यटक भिसा (Tourist Visa) आफ्नो बा प्रायोजकको खर्चमा सो देशमा घुम्न जानका लागि सम्बन्धित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमति मात्र हो। भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य हो । यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुन अनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने हुन्छ । तसर्थ, भिजिट भिसा वा पर्यटक भिसामा विदेश जाँदै हुनुहुन्छ भने आफन्त भेटने र घुम्ने लगायत भिसाको उद्देश्य अनुसारका काम मात्र गर्नुहोस् र भिसाको अवधिभित्रै स्वदेश फर्कनुहोस्। भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनको लागि सेटिङको नाममा विचौलियाहरुले रकम माग गरेमा त्यस्तो रकम नबुझाउनु हुन,

२. भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरुले नक्कली कागजात पेश गर्ने, झुट्टा विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरित एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरुसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरुबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने हुँदा यस विषयमा भ्रमण गर्ने मुलुकको पूर्ण जानकारी लिई आफ्नो भ्रमणको उद्देश्य अनुरुप मात्र कार्य गरी आफूलाई पूर्ण रुपमा सुरक्षित राख थप सजगता अपनाउनु हुन,

. श्रम गन्तव्य मुलुकहरु कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराईन जस्ता देशहरुमा विचौलियाहरुको प्रभावमा महिलाहरुलाई भिजिट वा पर्यटक भिसामा पुगी वर्किङ भिसा (Working Visa) मा परिणत गराउने र त्यस्तो कार्यबाट महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट बञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकोले काम गर्ने मनसायले विदेश जाँदै हुनुहुन्छ भने भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसा (Working Visa) मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्नुहुन,

. विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका केही नेपाली यात्रीहरु उल्लिखित मितिमा फर्कने गरेको नपाइएकोले असामान्य परिस्थिति वाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनु होला । अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वःघोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ। विदेश प्रस्थान गर्नुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्नु हुन,

५. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सूचीकृत भएका विश्वविद्यालयहरुमा भर्ना भएर विदेश जाने र सम्बन्धित विश्वविद्यालयहरुमा नपढी गलत ढङ्गबाट काम गर्दा समस्या आउन सक्ने एवं पछिल्ला दिनहरुमा अध्ययन भिसा (Study Visa) मा रहेर पनि काम गर्न एवं पैसा कमाउन सकिन्छ भनेर विभिन्न विचौलियाहरु मार्फत विदेशी विश्वविद्यालयहरुमा भर्ना भई काम गर्ने मनासायले भ्रमण गर्दै हुनुहुन्छ भने काम गर्ने र पढ्ने विषय अलग-अलग भएकोले यसमा थप सतर्कता अपनाउनु हुन,

६. विदेश यात्रा गर्दै हुनुहुन्छ भने नेपालको विमानस्थलहरुबाट मात्र यात्रा गर्नुहोस् । भारत वा अन्य तेश्रो मुलुकको विमानस्थल भएर अन्य मुलुकमा यात्रा गर्दै हुनुहुन्छ भने नेपाली राजदूतावासबाट जारी हुने No Objection Certification (NOC) लिएर मात्र यात्रा गर्ने तथा महिलाहरुको हकमा भारतका विमानस्थल भएर तेश्रो मुलुक यात्रा गर्दै हुनुहुन्छ भने थप सजगता एवम् सावधानी अपनाउनु हुन,

७. तपाईंलाई श्रम स्वीकृति लिएर विदेशमा पठाउने भनी आश्वासनसहित रकम माग गरेमा सो रकम बुझाउनुपूर्व सो इजाजतपत्रवाला संस्था (Manpower Company) को आधिकारिकताको कागजात माग गर्नुहोला । शैक्षिक परामर्शदाता (Education Consultancy), ट्राभल्स एजेन्सी वा कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी आश्वासन दिई रकम मागेमा रकम नबुझाउनु होला । आफू ठगीमा पर्दैछ भन्ने लागेमा सोको जानकारी वैदेशिक रोजगार विभाग वा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको टेलिफोन नं. १०० मा जानकारी दिनुहुन,

८. वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त संस्था (Manpower Company) लाई नेपाल सरकारले तोकेको न्यूनतम रकम मात्र बुझाई सोको रसिद लिन नभुल्नु होला । प्रचलित कानुनमा यस सम्बन्धी कार्य गर्ने एजेन्टको व्यवस्था नभएको हुँदा कसैले म एजेन्ट हुँ, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी झुटा आश्वासन दिएमा विश्वास नगर्नु हुन एवं एजेन्टलाई कुनै पनि हालतमा रकम नबुझाउनु हुन,

९. वैदेशिक रोगजारीमा पठाउन इजाजत प्राप्त संस्थाले भिजिट वा पर्यटक भिसामा पठाउन खोजेमा सो सम्बन्धमा गोप्य सूचना दिनको लागि गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग वा अध्यागमन विभागमा तुरुन्त सम्पर्क गर्नुहुन,

१०. मित्रराष्ट्र भारत तथा वेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुने वाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्ण रुपमा गैरकानुनी र राष्ट्रहित विपरित हो । यस्तो कार्य गर्ने व्यक्तिहरुलाई उद्दार गर्न समेत कठिन हुने भएकाले कुनैपनि अवस्थामा यस्तो कार्य नगर्नु नगराउनु हुन,

११. वैदेशिक रोजगारीको सिलसिलामा वा भिजिट भिसामा ठगीमा पर्नु भएमा वा पर्न लागेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरु वा वैदेशिक रोजगार विभागमा तुरुन्त उजुरी गर्नुहोला । तपाईं विदेशमा रहेको बेलामा कुनै सहयोग आवश्यक परेमा उक्त देशमा रहेको नेपाली दूतावास वा नियोगमा समेत सम्पर्क गर्नुहुन,

१२. नेपालका सम्पूर्ण स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रहरुबाट द्विविधा रहेका विषयमा श्रम तथा वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा आवश्यक जानकारी लिनु हुन,

१३. वैदेशिक रोजगारीका सम्बन्धमा कुनै जिज्ञासा भएमा वा कुनै जानकारी लिनुपर्ने भएमा राहदानी बनाउँदाका बखतमै जिल्ला प्रशासन कार्यालयहरुमा रहेको Mgation Resource Center (NRO मा सम्पर्क राखु होला । वैदेशिक रोजगार सम्बन्धी विषयमा कुनै समस्या भएमा वैदेशिक रोजगार वोर्डको सचिवालमा रहेको कल सेन्टरको पैसा नलाग्ने नं. ११४१ मा फोन वा श्रम कल सेन्टरको ईमेल [email protected] मा ईमेल गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।