सन्दीपविरुद्धकाे मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

सन्दीपविरुद्धकाे मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा File Photo

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाकाे सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखिएको छ।

जिल्ला अदालत काठमाडौँमा परेकाे उक्त मुद्दाकाे बहस नसकिएपछि हेर्दाहेर्दैमा भोलिका लागि राखिएको हाे।

न्यायाधीश शिशिरराज ढकालको इजलासमा यही पुस ८ गतेदेखि निरन्तर सुनुवाइ सुरु गरिए पनि बुधबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो।

सन्दीपको तर्फबाट दुई जना वकिलले बहस गर्न बाँकी भएपछि आज पनि मुद्दा हेर्दाहेर्दैमा राखिएकाे हाे।

यसअघि, नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो।



No ads found for this position