अञ्जना बनिन् ‘मिस हङकङ नेपाल’

अञ्जना बनिन् ‘मिस हङकङ नेपाल’

हङकङ। अञ्जना पुनले मिस हङकङ नेपाल २०२३ को उपाधि जितेकी छन्।

सोमबार हङकङमा भएको प्रतियोगिताको ग्रान्ड फिनालेमा प्रतिस्पर्धीलाई उछिन्दै अञ्जनाले मिस हङकङ नेपालको ताज पहिरिएकी हुन्।

उनलाई मिस नेपाल इन्टरनेसनल २०२२ की प्रियन्का रानी जोशीले ताज पहिराइदिएकी थिइन्। जोशी विशेष अतिथिका रूपमा हङकङ आएकी थिइन्।

अञ्जनाले हङकङमा पढाउँछिन्।

प्रतियोगिता मिस नेपाल हङकङ सोसाइटीले आयोजना गरेको हो।

प्रतियोगिताको फस्ट रनरको उपाधि सीमा गुरुङ र सेकेन्ड रनरको र सेरेना राईले जितेको सोसाइटीका सचिव मनिष लिम्बूले जानकारी दिए।

मिस नेपाल इन्टरनेसनल २००२ एवं टेलिभिजन कार्यक्रम प्रस्तोता मल्भिका सुब्बाले मिस नेपाल हङकङको कोरियोग्राफर गरेकी थिइन्। यस्तै, कार्यक्रमको उद्घोषण मिस नेपाल इन्टरनेसनल  २०१२ एवं अभिनेत्री सुवेक्षा खड्काले गरेकी थिइन्।

कार्यक्रमको प्रमुख निर्णायकमा हिडन ट्रेजरका प्रशासनिक निर्देशक प्रमोद कंसाकार थिए।

निर्णायक समूहमा कंसाकारसहित मिस नेपाल हङकङ सोसाइटीका सञ्जीव कुँवर, निर्देशक युगल पोमो, मिस हङकङको क्राउन पार्टनर काजल नैना ज्वेलरीबाट काजल नैना शेरचन, मिस नेपाल हिडन ट्रेजरकी कोरियो ग्राफर रचना गुरुङ शर्मा, नेपाल एअरलाइन्स हङकङका व्यवस्थापक सुनिलकुमार श्रेष्ठ, नेपाली महासंघ हङकङकी अध्यक्ष रीता गुरुङ र अधिवक्ता गौरवबम ठकुरी थिए।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले समेत मान्यता दिएको प्रतिस्पर्धा डायस्पोराको ठूलोमध्येको एक सौन्दर्य प्रतियोगिता हो।