यूएईलाई हराउदै यू–१९ एसिया कपको च्याम्पियन बन्यो बंगलादेश

यूएईलाई हराउदै यू–१९ एसिया कपको च्याम्पियन बन्यो बंगलादेश

काठमाडौं। बंगलादेश एसिसी यू-१९ एसिया कपको च्याम्पियन बनेको छ। आइतबार आयोजक यूएईलाई १९५ रनले पराजित गर्दै ब‍ंगलादेश पहिलोपटक यू–१९ कप विजेता बनेको हो।

२८२ रनको लक्ष्य पछ्याएको युएईलाई २४।५ ओभरमा ८७ रनमै अलआट गर्दै बंगलादेश एसिया कपको च्याम्पियन बन्न सफल भयो।

बंगलादेशको कसिलो बलिङ र फिल्डिङको अघि युएईका कुनै पनि राम्रोसँग चल्न सकेनन्।

यएईका ध्रुब पराशारले २५ तथा अक्षत राईले ११ रन बनाउनुबाहेक अन्य कसैले पनि दोहोरो अंक बटुल्न सकेनन्।

बंगलादेशका मारिफ मृधा तथा रोहनत दोउल्लाह बोरसनले ३–३ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ६० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो।

बंगलादेशका अशिउर रहमन शिब्लीले शतक तथा चौधरी मोहमद् रिजवान र अरिफुल इस्लामले अर्धशतक प्रहार गरे। १४९ बलको सामना गरेका रहमन शिब्लीले १२९ रन प्रहार गरेका थिए।

त्यस्तै रिजवानले ६० तथा अरिफुलले ५० रन प्रहार गरे। सेमिफाइनलमा बंगलादेशले भारतलाई तथा यूएईले पाकिस्तानलाई पराजित गरेका थिए।

नेपाल भने एक खेल पनि जित्न नसकेर समूह चरणबाटै बाहिरिएको थियो।