राष्ट्रपतिद्वारा २ देशमा गैरआवासीय राजदूत नियुक्त

राष्ट्रपतिद्वारा २ देशमा गैरआवासीय राजदूत नियुक्त File Photo

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना राजदूतलाई गैरआवासीय राजदूतको जिम्मेवारी तोकेका छन्।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधार (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकका र स्विट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।