इराकको सुलेमानीमा फुटबल प्रतियोगिता

इराकको सुलेमानीमा फुटबल प्रतियोगिता

सुलेमानी। गैरआवासीय नेपाली संघ (एनआरएनए) इराकले कुर्दिस्तानको सुलेमानीमा फुटबल प्रतियोगिता सम्पन्न गरेको छ।

दिपावली तथा छठ पर्वको अवसर पारेर शुक्रबार संघले खुल्ला पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको हो।

संघका अध्यक्ष विनोद श्रेष्ठका अनुसार प्रतियोगितामा कुर्दिस्तानका दुई ठूला सहर सुलेमानी र अर्बिलमा रहेका नेपाली ६ वटा नेपाली फुटबल टीम सहभागी भएका थिए।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले प्रायोजक गरेको प्रतियोगितालाई नेपाली रेस्टुरेण्ट एण्ड बारले सहप्रायोजक गरेको थियो।

उक्त प्रतियोगितामा नेपाल युनिटी फुटबल क्लब अर्बिल, माउन्ट ८८४८ फुटबल क्लब दोकान, एकता फुटबल क्लब सुलेमानी, योङग् स्टार फुटबल क्लब सुलेमानी, पुर्वेली भेट्रेन क्लब सुलेमानी, र नेपाल तामाङ घेदुङ सहभागी थिएर
खेलमा नेपाल युनिटी फुटबल कल्बले एनआरएनए एनसीसी इराकको उपाधी हासिल गरेको थियो। यस्तै, माउन्ट ८८४८ फुटबल क्लब दोकान उप बिजेता बन्यो।

विजेतालाई आठ लाख दिनार नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो।

यसैगरी उपविजेता टीमलाई चार लाख दिनार नगद पुरस्कारसहित कप ,मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।

यस्तै, सर्वोत्कृष्ट गोल किपर, खेलाडी र धेरै गोल गर्ने खेलाडीलाई सम्मानसहित विशेष कपहरूले सम्मान गरिएको थियो। ‘स्वास्थ्यको लागि खेलकुद साहारा,आपसी दाजु भाइ भाइचारा’ भन्ने नारासहित संघले उक्त प्रतियोगिता आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताए।