अमेरिकाले सिमानामा रोक्यो ६० लाख आप्रवासी

अमेरिकाले सिमानामा रोक्यो ६० लाख आप्रवासी File Photo

वासिंगटन डिसी। अमेरिकी राष्ट्रपतिमा जो वाइडेन नियुक्त भए देखी ६० लाख आप्रावासीलाई सिमाना रोकिएको छ।

अमेरिकी होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कासका अनुसार जनवरी २०२१ मा राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरे देखि करीव ६० लाख आप्रवासीहरूलाई उनीहरूलाई दक्षिणी सीमामा रोकेका हुन।

अधिकारीहरूले गत मेदेखि यता मात्रै देशमा रहन मापदण्ड पूरा नगर्ने ३ लाख ५० हजार भन्दा बढी आप्रवासीहरूलाई फिर्ता (डिर्पोट) गरिएको छ।

जसका कारण अमेरिकामा अवैध आप्रवासन राष्ट्रपति जो बाइडेनका लागि प्रमुख राजनीतिक टाउको दुखाइ बनेको छ। यसका लागि रिपब्लिकन पार्टीले उनीमाथि लचिलो सीमा नीतिको आरोप लगाएको छ।

बाइडेनले मेक्सिकोसँगको सीमालाई बलियो बनाउन र अध्यागमन एजेन्टहरू, वकिलहरू र शरण अधिकारीहरू भर्ती गर्न कांग्रेससँग थप १३.६ बिलियन डलरको माग गरेका छन्।