अमेरिकी दूतावास कब्जा गरेको वर्षगाँठमा इरानमा बिशाल र्‍याली

अमेरिकी दूतावास कब्जा गरेको वर्षगाँठमा इरानमा बिशाल र्‍याली

तेहरान। सन् १९७९ मा तेहरानस्थित अमेरिकी दूतावास कब्जा गरेको वार्षिकोत्सव मनाउँदै हजारौं इरानीहरूले गाजामा प्यालेस्टिनीहरूको समर्थनमा देशभर जुलुस निकालेका छन्।

सो क्रममा तिनीहरूले इजरायललाई वाशिंगटनले दिएको समर्थनको निन्दा गरेका छन्, जसले हमास विरुद्धको युद्धमा गाजा पट्टीमा निरन्तर बमबारी गरिरहेको छ।

शनिबारको र्‍याली, जुन राज्यले आह्वान गरेको थियो। इजरायल–हमास युद्ध चौथो हप्तामा प्रवेश गरेपछि यो बिशाल र्‍याली आयोजना गरिएको थियो।

अक्टोबर ७ मा इजरायलमा हमासको अचम्मको आक्रमणमा लगभग १४०० मानिस मारिएका थिए, जबकि २२० भन्दा बढीलाइ बन्धक बनाइएको छ। इजरायलले त्यसको जवाफी कारबाही गर्दा हालसम्म  ९,४०० भन्दा बढी प्यालेस्टिनी नागरिक मारिइसकेका छन।

स्मरण रहोस, नोभेम्बर ४, १९७९ इरानको अमेरिकी समर्थित सम्राटको पतन पछि भएको टेकओभर गर्न मात्रै ४४४ दिनसम्म लागेको थियो, जसमा ५२ अमेरिकी अधिकारीहरूलाई बन्दी बनाइएको थियो।

सो दिनको सम्झनामा गरिएको प्रदर्शनको अन्त्यमा प्रदर्शनकारीहरूको तर्फबाट प्रकाशित एक विज्ञप्तिमा गाजामा तत्काल युद्धविरामको लागी आह्वान गरिएको छ। र, संयुक्त राज्य अमेरिका, युनाइटेड किंगडम र फ्रान्सलाई चेतावनी दिइएको छ कि यस क्षेत्रमा संकट विस्तार हुन सक्छ, त्यो बेलैमा ख्याल गर्न जरूरी छ।

तेहरानमा प्रदर्शनकारीहरूले इरानको राजधानीको मुटुमा रहेको प्यालेस्टाइन स्क्वायरबाट केही किलोमिटर टाढाको पूर्व अमेरिकी दूतावाससम्म र्‍याली गरेका हुनु । र्‍यालीभर ‘अमेरिका मुर्दाबाद’ र ‘इजरायल मुर्दाबाद’ को नारा गुन्जिएको थियो।