आज देखी नयाँ नोट बजारमा, एक जनाले कति साट्न पाईन्छ ?

आज देखी नयाँ नोट बजारमा, एक जनाले कति साट्न पाईन्छ ?

काठमाडौं। आज देखी नयाँ नेपाली रुपैयाँ साटन पाइने भएको छ।

नेपालीहरुको महान पर्व बडादशैँ, तिहार र छठलाई लक्षित गरेर आज देखी नयाँ नोट साटन पाइने भएको हो।

जसका लागि नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सर्ब साधारणलाइ दिदैँछ। जसअनुसार नेपाल राष्ट्र बैङ्कले काठमाण्डौ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुबिधा दिएको हो।

उता, काठमाण्डौ उपत्यका बाहिरको हकमा भने राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयमा गइ नयाँ नोट साट्न सकिने गरी ब्यबस्था मिलाएको छ।

राष्ट्र बैङ्कले हरेक बर्ष दशै‌ अगाबै चाडबाडको अवसरमा नयाँ नोट सटहीको सुविधा सर्बसाधारणलाइ दिँदै आएको छ। यस वर्ष पनि अघिल्ला वर्षहरुमा जस्तै ५, १०, २०, ५० र एकसय रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बै‌कले जनाएको छ । प्रति ब्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटहीको बव्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ।