गृहमन्त्रीमन्त्री नारायणकाजी श्रेष्ठ चीन जाँदै

गृहमन्त्रीमन्त्री नारायणकाजी श्रेष्ठ चीन जाँदै File Photo

काठमाडौं। उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन प्रस्थान गर्दैछन्।

उत्तरी छिमेकी चीनद्धारा आयोजित  ‘थर्ड बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल को–अपरेसन’मा  सहभागीता जनाउन उनी चीन प्रस्थान गर्न लागेका हुन।

आज अपरान्ह १२ बजे मन्त्री श्रेष्ठ चीन प्रस्थान गर्नेछन। गए राती नेकपा समाजवादीका सम्मानित नेता झलना खनाल पनि चीन प्रस्थान गरेका थिए।

बिआरआईसम्बन्धी कार्यक्रम आगामी कात्तिक १ र २ मा हुँदै छ, जसको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्दै छन्।

चीनका पब्लिक सुरक्षासम्बन्धी मन्त्री तथा स्टेट काउन्सिलर तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य वाङ सियाहोङको निमन्त्रणामा श्रेष्ठ जान लागेको उनको सचिवालयले जनाएको छ।