कोरियाबाट फर्किएकालाई फेरि जान विशेष भाषा परीक्षा

कोरियाबाट फर्किएकालाई फेरि जान विशेष भाषा परीक्षा

काठडामाडौं। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पाँच वर्ष दक्षिण कोरियामा काम गरी वैधानिक रुपमा फर्किएर पुनः कोरिया जान चाहने कामदारलाई लक्षित गरी भाषा परीक्षा सञ्चालन हुने भएको छ।

सन् २०२३ का लागि विशेष कोरियाली भाषा परीक्षा (सीबीटी) सञ्चालन गर्न लागिएको ईपीसी कोरिया शाखाले जनाएको छ। यो परीक्षा पास गरेपछि पुनः कोरिया जाने कामदारलाई वैधानिक बाटो खुल्ने छ।

वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखाले साउन १३ गतेदेखि १५ गतेसम्मका लागि आवेदन आह्वान गरेको ह ।

भाषा परीक्षा भने आगामी भदौं १८ देखि २९ गतेसम्म हुनेछ । त्यसको नतिजा असोज ३ गते प्रकाशित हुने शाखाले जनाएको छ।

ईपीएस कोरिया शाखाका अनुसार ईपीएस अन्तर्गत कोरियामा रोजगारी प्राप्त गरेका र १ जनवरी २०१० पछि भिसा अवधि भित्रै स्वैच्छिक रुपमा नेपाल फर्किएकाहरुले मात्र पुनः रोजगारीका लागि अवसर पाउने सुचनामा उल्लेख छ।