टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका नेता एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

प्रहरीले उनलाई काठमाडौंको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ।

उनीविरूद्ध जिल्ला अदालतले काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो।

पक्राउ पुर्जी जारी भएको १२ दिनपछि रायमाझी पक्राउ परेका हुन्।

पक्राउ पुर्जी जारी भएको दिन अर्घाखाँचीमा रहेका उनी फरार भएका थिए।

यही प्रकरणमा मुछिएका उनका छोरा सन्दीपलाई भने प्रहरीले २० वैशाखमा बुटवलबाट पक्राउ गरेको थियो।