पोखरा जान डराए प्रचण्ड

काठमाडौं। पोखरा जान ठिक्क भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ‘सुरक्षा’ कारण देखाउँदै नजाने भएका छन्। यती एयरलाइन्सको जहाज दुर्घटनास्थल पोखरा जानका लागि बालुवाटारमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको थियो।
उनका स्वकीय सचिव रमेश मल्लका अनुसार सबै सुरक्षा प्रमुखहरू उद्धारमा खटिएका कारण सुरक्षा अभाव देखिएकाले प्रचण्ड पोखरा नगएका हुन्।
‘सबै सुरक्षा निकाय उद्धारमा खटिनुभएको छ। त्यहाँ जाँदा सुरक्षा अभाव हुने भएका कारण नजानुभएको हो’ मल्लले भने।
आइतबार बिहान चालक दलका सदस्यहसित ७२ जना यात्रु लिएर यती एयरलाइन्सको जहाज विमानस्थल नजिकै खसेको थियो।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर