अख्तियारका पूर्वआयुक्त पाठकलाई तीन वर्ष कैद सजाय

अख्तियारका पूर्वआयुक्त पाठकलाई तीन वर्ष कैद सजाय

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई तीन वर्ष कैद सजाय भएको छ।

विशेष अदालत काठमाडौंले पाठकलाई तीन वर्ष कैद सजाय र जरिवाना तोकेको छ।

पाठकलाई तीन वर्ष कैद र ३९ लाख जरिवाना भराउने फैसला भएको विशेष स्रोतले जनाएको छ।

यस्तै अर्का प्रतिवादी लम्बोदर न्यौपानेलाई त्यतिकै सजाय र ३९ लाख जरिवाना भराउने फैसला विशेषले सुनाएको छ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले बिहीबार यस्तो फैसला गरेको हो।

तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरूद्ध अख्तियारले २०७५ चैत १२ गते मुद्दा दायर गरेको थियो।

कलेजको स्वामित्व विवादमा परेको उजुरी मलिाइ दिने भनी ७८ लाख रूपैयाँ घुस लिएको अभियोग पाठकमाथि लगाइएको थियो।



No ads found for this position