मोरक्कोलाई २–१ ले हराउँदै क्रोएसिया फिफा विश्वकपको तेस्रो स्थानमा

मोरक्कोलाई २–१ ले हराउँदै क्रोएसिया फिफा विश्वकपको तेस्रो स्थानमा

काठमाडौं । फिफा विश्पकप अन्तर्गत तेस्रो स्थानको खेलमा क्रोएसियाले मोरक्कोलाई २–१ ले हराएको छ । खेलका तीनवटै गोल पहिलो हाफमा भएको थियो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् ।

खेलको सातौं मिनेटमा क्रोएसियाका गार्डियोलले उत्कृष्ट हेडरमार्फत गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि नवौं मिनेटमा मोरक्कोका अशरफ दारीले हेडरमार्फत गोल गर्दै खेललाई १–१ बराबरीमा ल्याए ।

हाफ टाइमको केही मिनेट अगाडि अर्थात् ४२औं मिनेटमा मिस्लाभ ओर्सिचले गोल गर्दै क्रोएसियाली टोलीलाई २–१ को अग्रता दिलाए । र उक्त गोल निर्णायक साबित भयो।