मोरक्कोलाई हराउँदै डिफेन्डिङ च्याम्पियन फ्रान्स कतार विश्वकपको फाइनलमा

मोरक्कोलाई हराउँदै डिफेन्डिङ च्याम्पियन फ्रान्स कतार विश्वकपको फाइनलमा

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गरेको छ । जितसँगै फ्रान्सले लगातार दोस्रो पटक र समग्रमा चौथो पटक विश्वकप फाइनलमा स्थान बनाएको छ ।

फ्रान्सको जितमा थियो हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे ।

खेलको पाँचौं मिनेटमा अग्रता बनाएको फ्रान्सका लागि हर्नान्डेजले पहिलो गोल गरेका थिए । हर्नान्डेजले मोरक्कोका गोलकिपर बुनोउलाई नजिकबाट छल्दै गोल गरेका थिए । ७९ औं मिनेटमा फ्रान्सले खेलमा अग्रता दोब्बर बनायो । टोलीका लागि रान्डल कोलो मुआनीले दोस्रो गोल गरेका थिए । उनी बैकल्पीक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । मुआनीले मैदान प्रवेश गरेको ४४ सेकेन्डमै बल गोलपोस्टमा प्रहार गरेका थिए ।

जितसँगै फ्रान्सले डिसेम्बर १८ मा लियोनल मेस्सीको टोली अर्जेन्टिनाको सामना गर्नेछन्। त्यसअघि मोरक्कोले तेस्रो स्थानका लागि डिसेम्बर १७ मा क्रोएसियासँग खेल्नेछ ।