फिफा विश्वकप : जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया भिड्दै

फिफा विश्वकप : जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया भिड्दै

काठमाडौं। कतार फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन्। पहिलो खेलमा एसियाली मुलुक जापान र युरोपेली मुलुक क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौं बजे सुरु हुने तालिका छ। जापान समूह ‘इ’ को विजेता बनेको थियो। साविक उपविजेता क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता भएको हो।

अर्को खेलमा पाँच पटकको च्याम्पियन ब्राजिलले दक्षिण कोरियाको सामना गर्नेछ। खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ। ब्राजिल नेयमारको आगमनमा उच्च मनोबलमा छ।

एसियाली जायन्ट कोरिया समेत समूह चरणको लय नकआउट चरणमा देखाउने योजनामा छ। ब्राजिल समूह ‘जी’को विजेता र कोरिया समूह ‘एच’ को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको थियो।