कतार विश्वकप : स्पेन र जर्मनीले अंक बाढे

कतार विश्वकप : स्पेन र जर्मनीले अंक बाढे

काठमाडौं। निकलास फुलक्रुगको गोलमा जर्मनी फिफा विश्वकप २०२२ मा लगातार दोस्रो हारबाट जोगिएको छ। आइतबार राति अल बायत मैदानमा १–० हार नजिक रहेको जर्मनीलाई निकलासले संकट टारेका हुन्।

 

बरारबरीसँगै समूह इ बाट जर्मनीले अन्तिम १६ को सम्भावना कायम राखेको छ। यस समूहमा जर्मनीको दुई खेलबाट सर्वाधिक ४ अंक छ। जापान र कोस्टारिकाको तीन अंक रहँदा जर्मनीले एक अंक जोडेको हो। समूहमा चारै टोलीको प्रिक्वाटरफाइनल सम्भावना कायम छ।

 

यसअघि पहिलो हाफमा कुनै गोल हुन सकेन। खेलको ६२औ मिनेटमा वैकल्पिक खेलाडी अल्भारो मोरटाले स्पेनलाई अग्रता दिलाएका थिए। अब, अन्तिम खेलमा स्पेन र जापान तथा जर्मनी र कोस्टारिका खेल्नेछन्।