बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक

बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक File Photo

एजेन्सी,लन्डन। यसै वर्ष पार्टी नेतृत्वको प्रतिष्प्रर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक विजयी भएका छन्। पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन्।

पार्टी नेतृतवा विजय भएसँगै भारतीय मूलका सुनक ब्रिटिश एसियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ। देशले आर्थिक र उर्जा संकटको सामना गरिरहेका बेला सुनक प्रधानमन्त्री बन्ने भएका हुन्। सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बनेका थिए।

बेलायत मूल्य वृद्धिको चपेटामा परिरहेको छ।