साउदी युवराज भारत आउदै

साउदी युवराज भारत आउदै
एजेन्सी,रियाद।साउदी युवराज तथा प्रधानमन्त्री मोहमद बिन सलमान भारतको भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा युवराज सलमान यही १४ नोभम्बरमा भारतको भ्रमण गर्न लागेका हुन्। इन्डोनेसियाको बालीमा जी २० सम्मेलनमा सहभागी हुुने क्रममा युवराज सलमान भारत आउन लागेका हुन्।

साउदी उर्जामन्त्री अब्दुलअजीज बिन सलमानले यस हप्ता भारतको भ्रमण गरेका थिए। भ्रमणमा रहेका  मन्त्रीले भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल, तेलमन्त्री हरदीपसिंह पुरी, उर्जामन्त्री आरके सिंहलगायतका शीर्ष मन्त्रीहरुसँग छलफल गरेका थिए।