अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनायो

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनायो

काठमाडौं। अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ५४ पैसा कायम भएको छ।

खरिददर पनि १३३ रुपैयाँ १४ पैसा कायम भएको छ। जुन हालसम्मकै उच्च विन्दु हो। यसअघि बुधबार १ डलरको बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा कायम भएको थियो। यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४८ पैसा कायम भएको थियो। बुधबारको तुलनामा बिहीबार डलरको भाउ १ रुपैयाँ ०६ पैसाले बढेको हो।
त्यस्तै, आज युरोको बिक्रीदर १३० रुपैयाँ २४ पैसा छ भने खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ।

पछिल्लो समय डलर मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ। डलरको तुलनामा भारतीय मुद्रा पनि इतिहासकै कमजोर बनेको छ। भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ। विशेषगरी, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको छ।

यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ। डलर मजबुत बन्दा निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ। तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ।