फेसबुकका लाखौं प्रयोगकर्ताहरूको फलओर्स घट्यो

फेसबुकका लाखौं प्रयोगकर्ताहरूको फलओर्स घट्यो

काठमाडौं। सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरूको फलोअर्स बुधबार ह्वात्तै घटेको छ।

यहाँसम्म कि फेसबुकका सञ्चालक मार्क जुकरबर्गसहित लाखौं प्रयोगकर्ताहरूको फलओर्स एक्कासी घटेको हो।

फेसबुकको सुरक्षा कमजोरीका कारण फलओर्सहरूको संख्या बुधबार बिहानदेखि घटेको बताइएको छ।

फेसबुकका संस्थापक तथा सिइओ जुकरबर्गको फलोअर्स ११ करोड ९० लाख रहेकोमा घटेर ९ हजार हाराहारीमा देखिएको छ।

फेसबुकमा फलओर्सको संख्या थपघट भइरहेको छ। फेसबुकका धेरै प्रयोगकर्ताले आफ्ना फलओर्स घटेको गुनासो गरेका छन्।

न्युजविक डटकमले अमेरिकाको ठूला सञ्चारमाध्यमको फलोअर्स घटेको उल्लेख गरेको छ।

यसबारे फेसबुकको अभिभावक कम्पनी मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।