नेपालका लागि अमेरिकी र चिनियाँ राजदूतको कार्यकाल पूरा

नेपालका लागि अमेरिकी र चिनियाँ राजदूतको कार्यकाल पूरा

काठमाडौं। नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त भएका छन्। अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी भने आइतबार स्वदेश फर्कँदै छन्। थम्प्सन कहिले नेपाल आउने हो? त्यो भने टुंगो लागेको छैन।

यस्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन्।

आफनो चार वर्षे कार्यकाल पूरा गरी यान्छी अर्को महिना चीन फर्किन लागेकी हुन्।

चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स (आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउने भएको छ, स्रोतले भन्यो।

राजदूत होउ फर्केसँगै नेपालका लागि नयाँ राजदूतमा को आउने हो? त्यसवारेमा भने कुनै निर्णय चिन सरकारले सार्वजनिक गरेको छैन। यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा नेपाल आएकी थिइन्।

उनले यस महिनामा राष्ट्रपति, प्रधानमन्त्री देखी राजनीतिक दलका शिर्ष नेताहरुसँग बिदाई भेट गर्नेछिन।