मलेसियामा मृत्युदण्डको सजाय पाएका नेपाली युवा जोगिए

मलेसियामा मृत्युदण्डको सजाय पाएका नेपाली युवा जोगिए सांकेतिक तस्वीर

काठमाडौं। मलेसियामा मृत्युदण्डको सजाय पाएका एक नेपाली युवा मृत्युदण्ड हुनबाट जोगिएका छन्।

कर्तव्यज्यान अभियोगमा धनुषाका सुरज देव साह तेलीलाई मलेसियाको इपो उच्च अदालतले मृत्युदण्डको फैसला गरेको थियो।

कर्तव्यज्यानको अभियोगमा सन् २०१६ को डिसेम्बरमा पक्राउ परेका साहलाई इपो उच्च अदालतले सन् २०२० को अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्यसदण्डको सजाय तोकेको थियो।

सो फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा पुत्रजयास्थित अदालतले बिहीबार उनलाई मृत्युदण्डको सजाय कटौती गरेको हो।

अदालतले साहको कसूरलाई मलेसियन फौजदारी संहिताको दफा ३०२ बाट दफा ३०४ (क) बमोजिम परिवर्तन गरी १२ जेल सजाय कायम गरेको क्वाललाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार जेल सजाय सकिएपछि उनी घर फर्किन पाउनेछन्।



No ads found for this position