मलेसियामा एकै दिन ४ हजार बढिमा कोभिड सङ्क्रमण पुष्टि हुदा १० जनाको मृत्यु

मलेसियामा एकै दिन ४ हजार बढिमा कोभिड सङ्क्रमण पुष्टि हुदा १० जनाको मृत्यु

क्वालालम्पुर। मलेसियामा बिहीबार रातिसम्म थप चार हजार आठ सय ३१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। यहाँ पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण बढिरहेको छ। त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको संक्रमणकै कारण ज्यान गएको छ।

यहाँ भेटिएका पछिल्लो दिनका यी सङ्क्रमितहरु प्राय सबैजसो देशभित्रैका रहेका बताइएको छ। मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कम्तीमा पनि ३६ हजार संक्रमितको निधन भइसकेको छ।

त्यसैगरी सो मन्त्रालयले यहाँ अहिलेसम्म ४७ लाख भन्दा बढीमा सो सङ्क्रमण पुष्टि भइसकेको जनाएको छ।

मलेसियाली सरकारले कोरोना विरुद्धको खोपलाई प्राथमिकतामा राखेर लगाउने गरेकाले यहाँका सङ्क्रमतिहरुमा मृत्यु दर भने निकै कम रहेको पनि बताइएको छ।