कोरोना संक्रमणबाट एकै दिन ५ जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने क्रममा यस्तो बताएको हो।
यस्तै,पछिल्लो एक दिनमा ८ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। ४५ सय ३४ जनामा गरिएको नमूना परीक्षणमा ८ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार नेपालमा हाल ५ हजार आठ सय ६९ जना संक्रिय कोरोना संक्रमित छन्।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ८२ पुगेको छ।
ताजा अपडेट

प्रवास खबर
टीका गुरुङ महिला सचिवमै दाेहाेरिने

प्रवास खबर
एसियाडका लागि नेपाली क्रिकेट टोलीको बिदाइ

प्रवास खबर