कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन

कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन

एजेन्सी बेइजिङ। कोभिड संक्रमण बढेपछि चीनका विभिन्न सहरमा लकडाउन घोषणा गरिएको छ। देशको पूर्वदेखि पश्चिमका विभिन्न भागमा प्रतिबन्ध र लकडाउन गरिएका हुन्।

प्रभावित क्षेत्रमा मानिसको आवतजावतलाई कम गरिनुका साथै मानिसहरूको अनावश्यक आवागमन न्यून गरिएको छ।

पूर्वी निर्यात र उत्पादन केन्द्र यिउले बिहीबार तीन दिनको ‘मौन व्यवस्थापन’मा प्रवेश गरेको जनाएको छ। अधिकांश बासिन्दालाई तोकिएको क्षेत्र छोड्न प्रतिबन्ध लगाइएको छ र केहीलाई उनीहरूको घरहरूमा सीमित गरिएको छ।